बोस कम्पनीको रक्तअल्पता जाँच गर्ने उपकरण नेपाली बजारमा
काठमाडौं । नेपाली बजारमा बोस कम्पनीको रक्तअल्पता (एनेमिया) जाँच गर्ने उपकरण सार्वजनिक भएको छ।
शुभ नेपा ट्रेडिङ प्रालिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित ‘विवराय एचबी प्रो’ उपकरण सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो उपकरणको प्रयोग गरेर एनेमिया जाँच गर्दा शरिरबाट रगत निकाल्नु पर्दैन।
उक्त उपकरण भारतमा उत्पादित जर्मनी प्रविधिमा आधारित छ। यसले स्क्रिनिङबाटै शरिरमा एनेमिया भए/नभएको देखाउँछ। यो उपकरणको प्रयोगमा ३० सेकेन्ड भित्रै शरिरमा एनेमिया भए/नभएको रिपोर्ट थाहा पाउन सकिन्छ।
कम्पनीका प्रबन्ध निर्देशक विकेश श्रेष्ठका अनुसार हालसम्म नेपालको चारवटा नगरपालिका र ३० भन्दा बढी विद्यालमा एनेमियाको जाँच विवराय एपबी प्रो उपकरणबाट भइसकेको छ।
साथै, विभिन्न ठाउँमा मास स्क्रिनिङ समेत हुन थालेको छ।