सहकारी पीडित र सरकारबीच भयो सम्झौता, आन्दोलन स्थगित
काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ । विगत दुई महिनादेखि देशभरबाट काठमाडौंको माइतीघरमा जम्मा भएर आन्दोलन गरिरहेका सहकारी पीडितहरुको आन्दोलनले घनत्व प्राप्त गरेपछि बिहिबार सिंहदरबारमा भएको छलफलमा सहमति भएको हो ।
आज पनि सहकारी पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । सोहि क्रममा दुईपक्षबिच विवाद हुँदा केहि प्रदर्शनकारीहरु घाइते समेत भएका छन् । घाइतेहरुको सडकमै उपचार समेत गरिएको छ । घाइतेहरुले अस्पताल समेत जान नमानेपछि उनीहरुको सडकमै उपचार गरिएको थियो ।
सम्झौतासँगै सहकारी पीडितहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारले सहकारी संस्थाका बचतकर्ताहरूको रकम फिर्तालाई सुरक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि सरकारले बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने सहमति भएको हो ।
छलफलमा सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई प्रभावकारी बनाउनेगरि कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना गर्ने समेत सहमति भएको छ ।
दुई पक्षबिच भएको सहमति अनुसार सहकारी क्षेत्र सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको कार्यदलमा सहकारी पीडितका तर्फबाट समेत अधिकतम तीन जना प्रतिनिधिलाई आमन्त्रित सदस्यकारुपमा समावेश गर्ने निर्णय भएको छ ।
त्यस्तै, सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई पालना गर्दै यो क्षेत्रको सुधार गर्न आवश्यक कानुनमा आवश्यकता अनुरूप संशोधन गर्ने कार्यलाई तत्कालै अघि बढाउने पनि सहमति भएको हो ।
यस्ता छन् सहमतिका बुँदाहरू