गणपति लघुवित्तको खुद नाफा ६७.८४ प्रतिशतले घट्यो
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा कम्पनीले ७० लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको २ करोड १८ लाख रुपैयाँ भन्दा ६७.८४% थोरै हो । असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १४.७१% र ५६.८३% ले घट्दा यसको नाफा प्रभावित भएको हो ।
हाल गणपतिको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोष पनि ३९.६२% ले घटेर ३ करोड ५९ लाख रुपैयाँमा आएको छ । खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ ।
अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँले घटेर गत असार मसान्तसम्ममा ६.१८ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १२९.२४ रुपैयाँ छ ।