राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागद्धारा विकास ऋणपत्र २०८६ ‘छ’ (६वर्षे) बिक्री खुला गरिने भएको हो ।
१० अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको समयभित्र बोलकबोल गर्न सकिने छ । यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने भएको छ । जसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ ।
बेलकबोल मिति यहि साउन १८ गते अपरान्ह ३ बजेको लागि तोकिएको छ । जसको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।