एलआइसी नेपालको भोली साधारण सभा
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को भोली बुधबार (साउन १७ गते) साधारण सभा बस्ने भएको छ । सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ । यसअघि दिउँसो ४ बजे बस्ने भनिएकोमा समय परिवर्तन गरेर १२ः१५ बजे निर्धारण गरिएको हो ।
साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा हुनेछ । यस कम्पनीले २० औं सभा डाकेको हो । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न १.०५% लाभांश वितरण गरेको थियो । सभामा ४.६५% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गरिसकेको छ । साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।