एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता भएको छ ।
गोल्छा ग्रुपद्वारा सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्डको बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा कर्पोरेट पेरोल सिप लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् तथा हंसराज हुलासचन्द एन्ड कोका कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को.प्रा.लिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक – एच.आर नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन ।