क्लासिक टेकले मनायो चौधौं वार्षिकोत्सव
काठमाडौं । क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १४ वर्ष भएको छ । सन् २००९ मा स्थापना भई आफ्नो सेवा सुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो व्यवसायिक यात्रामा महत्वपूर्ण योगदान पुर्याउने सबैलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेको जनाएको छ ।
कम्पनीले ग्राहकको सुविधाका लागि आफनै सीडीएन सर्भर जडान गरी फेसबुक , युट्युब, नेटफ्लिक्स , गुगल , अकमाई जस्ता सामाजिक सञ्जालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेको जनाएको छ ।
कम्पनीका अनुसार विराटनगर र काठमाण्डौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय इन्टरनेट सेवा प्रदान गर्न सफल भएको कम्पनीको भनाइ छ ।
कम्पनीले डुअल ब्याण्ड राउटर र आईपीटीभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट प्लानहरु विशेष छुटमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।