काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

हाल बैंकहरुले प्राथमिक पूँजी कोष साढे ८ प्रतिशत र सहयाक पूँजी कोष साढे २ प्रतिशत गरी ११ प्रतिशत पूँजी कोष कायम गर्दै आएका थिए । अब काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएपछि थप पुँजी आवश्यक पर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम र ‘ख’ वर्गका राष्ट्रिय स्तर बाहेकका र ‘ग’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २००७ (२००८ जुलाईमा अद्यावधिक) अनुसार काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्नेछ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई कार्यान्वयन गर्न सर्कुलर जारी गर्दै २.५ प्रतिशतसम्म पूँजी थप गर्नु पर्ने देखिन्छ । हाल काउन्टर साइक्लिकल बफर अनुसार ११ प्रतिशत कायम गर्दै आएको पूँजी कोष अनुपातमा अतिरिक्त २.५ प्रतिशत पूँजी जोड्नु पर्ने हुन्छ । अब विकास बैंकहरुले कुल १३.५ प्रतिशत पूँजी कोष कायम गर्नुपर्छ ।