गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न
काठमाडौं । गल्फ लुब्रिकेन्टले डिलर मिट कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ। नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट, Rebuild, Persevere and Thrive,नाराको साथ सम्पन्न गरेको हो ।
धुलिखेलमा सम्पन्न दुई दिने कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो । देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रुपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुको साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरेको कन्पनीले बताएको छ ।
नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने,“आफ्नो भन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरु जस्त हामीले पनि विभिन्न समस्याहरु सामना गर्नु परेको थियो । परिस्थितिमा अझै केहि समयसम्म सुधार हुने छाटकाट भने देखिएको छैन । त्यसैले आगामी दिनमा उत्पन्न हुनसक्ने पारिस्थितिहरुलाई विभिन्न समय सान्दर्भिक रणनीती बनाई आफÞनो व्यवसायलाई मजÞबूत बनाउदै अगाड़ी बढ्न जरुरी छ । यसको लागि हामी सबैको एकेबद्धता अपारिहार्य छ ।”
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।