कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले साउन १० गते देखि लागु हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल बालुवाटार काठमाडौंलाई नियुक्त गरेको जानकारी दिएको हो ।
अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात शेयर सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ १० हजार ११५ जना आवेदकले प्राप्त गरेका छन् ।