१०० किलाे सुन गालेकाे प्रत्यक्ष प्रसारण हेर्न पाइने
काठमाडौं । त्रिभुवन विमानस्थलकाे भन्सार छलेर सिनामंगलबाट बरामद भएकाे १०० किलाे सुन गालेकाे प्रत्यक्ष प्रसारण हेर्न पाइने भएकाे छ । साउन २ गते, हङकङबाट स्कुटरको ‘ब्रेक शु’मा लुकाएर सुन ल्याइएकाे थियाे । साेहि सुन ब्रेक शुबाट छुट्याएर पक्का गरिने प्रक्रिया अब सर्वसाधारणले पनि प्रत्यक्ष प्रसारण हेर्न पाउने भएका हुन् ।
राजस्व अनुसन्धान विभागले सुन गालेकाे सबै प्रकृयाबारे जानकारी दिन प्रत्यक्ष प्रसारण गर्ने तयारीमा लागेकाे जनाएकाे छ ।
सुन तस्करी प्रकरणकाबारेमा सबै जानकारी तथा सूचना टेलिभिजनकाे प्रत्यक्ष प्रसारण मार्फत दिइने तयारी भइरहेकाे छ ।
‘ब्रेक शु’बाट सुन अलग गराउने प्रकृया प्रत्यक्ष प्रसारण गर्नका लागि राजस्व विभागले नेपाल राष्ट्र बैंककाे टक्सार विभागसँग प्रस्ताव राखेकाे छ । यद्धपी इटली भ्रमणमा रहेका प्रधानमन्त्रीकाे नेपाल फिर्ती भएपछि मात्र यसबारेमा छलफल हुने र सुन गाल्ने तयारी सुरू हुने जनाइएकाे छ ।
राजस्व अनुसन्धान, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायतका ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानीमा याे प्रकृया गरिनेछ ।