बजाज प्लाटिना बाइकमा साढे ४ लाख किलोमिटर यात्रा गर्ने सिन्धेलाई स्वागत

काठमाडौं । गोल्छा ग्रुपले मोटरसाइकलमा साढे ४ लाख किलोमिटर यात्रा गर्ने यात्रुलाई सम्मान गरेको छ । भारतीय नागरिक जग्गननाथ सिन्धेलाई बिहीबार गोल्छा ग्रुपले आफ्नो टेकु शोरूममा स्वागत तथा बधाइ दिएको हो ।
उनी भारत महाराष्ट्रका मोटरसाइकल चालक हुन् । उनले १० वर्षमा बजाज प्लाटिना मोटरसाइकलमा भारत र नेपालमा ४ लाख ५० हजार किलोमिटर यात्रा गरेका छन् । यात्राकै सिलसिलामा नेपाल आइपुगेका उनलाई यात्रा सफलता र मोटरसाइकलप्रतिको लगावको सम्मान गर्न ग्रुपले स्वागत गरेको जनाएको छ ।
नेपालमा गोल्छा ग्रुपले गरेको स्वागतले आफू खुसी भएको सिन्धेले बताए । भारत र नेपालमा गरेर यति लामो यात्रा गरेको भन्दै उनले नेपालमा पाएको मायाले उत्साहित भएको प्रतिक्रिया दिए ।
मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गर्ने उद्देश्यकासाथ आफू हिंडेको सिन्धेले बताए । अब आफू भारतको सिलिगुडी जाने सिन्धेले बताए ।