बिग मास्टरका ३७५ एमएल मिनि बाेटल बजारमा

काठमाडौं । रोयल काठमाडौं हिमालय वेभरेज प्रा.ली को बिग मास्टर वाईन ३७५ एम एल मिनि बाेटल बजारमा आएको छ ।
एक दशकदेखि नेपाली वाईन ईन्डष्ट्रिजमा स्थापित यस कम्पनीका बिग मास्टर ब्राण्डका बिभिन्न भेराइटिजहरु उपभोक्ताले अत्यधिक रुचाएका कारण हाल कम्पनीका उत्पादनहरुले नेपाली वाईन ईन्डष्ट्रिजमा लिडिङ ब्राण्डको रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएको छ ।
उपभोक्ताको स्वाद, सन्तुष्टि, माग र मनस्थितिलाई मध्यनजर गरी ३७५ एम एल मिनि वोटल बजारमा विक्रि वितरण शुरु गरेको र उपभोक्ताको मन जित्न सफल यस उत्पादनले उपभोक्तामाझ थप उत्साह प्रदान गर्ने कम्पनिका अध्यक्ष गणेश प्रसाद चापागाईले विश्वास व्यक्त गरे ।
हाल बिग मास्टर ब्राण्डका वाइनहरु ३७५ एम एल, ७५० एम एल र ४ लिटर का प्याकमा बजारमा उपलब्ध रहेका छन् ।