सिटिजन्स बैंकको नाफा सामान्य बढ्यो
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।
असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।