नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य सल्लाहकार नियुक्त

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यही २०८० साउन ८ गते अध्यक्ष शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गरेका हुन ।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य डा. सुवोध कुमार गुप्ताको सभापतित्वमा सो समिति गठन भएको छ ।