समाज लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साउन ३१ गते पाँचौ वार्षिक साधारण सभा डाकेको हो।
यसका साथै सभाले अन्य कुनै लघुवित्तसंग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले साउन २१ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।