नेशनल माइक्रोफाइनान्स लघुवित्तमा नयाँ अध्यक्ष नियुक्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रविन सिजापति नियुक्त भएका छन् । समिट लघुवित्त वित्तीय संस्थाबीच मर्जर भएर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था भएपछि नयाँ अध्यक्षका रुपमा सिजापतिलाई नियुक्त गरेको संस्थाले जनाएको । गत २६ असोज गते दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने तथा सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रोफाइनान्सको हुने सहमति भएको थियो । सञ्चालक समितिमा नेशनलबाट ४ जना र समिटबाट २ जना तथा एक जना स्वतन्त्र सञ्चालक हुने सहमति समेत सहमति भएको थियो ।