धार्मिक पर्वको बहानामा अराजकता फैलाउने तत्व बारे ध्यानाकर्षण

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
‘विश्व हिन्दू परिषद् नेपाल’का अध्यक्ष ब्रजेश कुमार मल्लिकद्वारा जारी ध्यानाकर्ष पत्रमा लेखिएको छः
उपरोक्त सम्बन्धमा राजविराज लगायतका स्थानहरूमा मुस्लिम समुदायको धार्मिक पर्व महर्रम मनाउने क्रममा हिन्दूहरुको सवारीसाधनमा तोडफोड गरिएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तरवार, भाला आदि जस्ता हात हथियार लगायत अन्य आगजन्य सामग्री सहित मुहर्रम पर्वको बहानामा हरेक वर्ष देशका विभिन्न स्थानहरूमा हिन्दूहरुको जनधनमा क्षति पुर्याउदै शक्ति प्रदर्शन गर्दै आएको बाबजुद प्रहरी प्रशासनद्वारा बेवास्ता गरिनु अत्यन्तै गम्भीर एवं चिन्ताजनक विषय हो ।
बहुसंख्यक हिन्दूहरु बसोबास गर्ने मुलुकमा एक समुदाय बिशेषले पर्व एवं स्वतन्त्रताको नाममा हिन्दू बिरुद्ध शक्ति प्रदर्शन तथा हिन्दूहरुको जनधनमा क्षति पुयाउनु दुर्भाग्यपूर्ण रहेको छ । धार्मिक पर्वको नाममा हातहतियार प्रदर्शन गर्दै अराजकता फैलाउनेमाथि यथाशीघ्र प्रतिबन्ध लगाउन एवं कानूनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल ध्यानाकर्षण गराउँदछ।