“बजेटमा सुराकीलाई पुरस्कार व्यवस्था गरेकाले त्रिभुवन विमानस्थलबाट १०० किलाे सुन बरामद भयाे,” अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा सुराकीलाई पुरस्कार व्यवस्था गरेकाले त्रिभुवन विमानस्थलबाट १०० किलाे सुन बरामद भएकाे बताएका छन् । साेमबार बुटवलमा आयोजित एक पत्रकार सम्मेलनमा बाेल्दै अर्थमन्त्रीले आफूले पुरस्कारको व्यवस्था गरेकै कारण सुन समातिएको दाबी गरेका हुन् ।
अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको बताएका हुन् ।
मन्त्री महतले भने,”मैले बजेटमा नै प्रस्ताव गरेकाे हुँ कि याे भन्सारमा हुने अनियमित कुराहरू निस्तेज गर्नलाइ पुरस्कारकाे व्यवस्थाबीचमा हटेकाे थियाे । सूचना दिनेलाइ जुन पुरस्कारकाे व्यवस्था जुन बजेटमा प्रस्ताव गर्याे, मलाइ लाग्छ त्यसले पनि सूचना प्राप्त गरेर मद्धत पुग्याे जस्ताे लाग्छ ।” त्यसकाे जरामा पुगेर अनुसन्धानकाे प्रकृया अघि बढेकाे पनि उनले बताए । उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने पनि बताएका छन्।
सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने पनि उनले बताए । दुरूपयाेग, अनियमितता र गैर कानुनी कृयाकलापलाइ अन्त्य गर्न सरकार लागि परेकाे भन्दै उनले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकाे गरेकाे कुरा उनले दाेहाेर्याउँदै सुन समात्न साे पुरस्कारले प्राेत्साहन गरेकाे दाबी गरेकाे छ ।