सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित

काठमाडौँ । सिद्धार्थ बैंक बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो ।
सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो । उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरेका थिए ।
यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले South Asian Federation of Accountants (SAFA)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
बैंककाे देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), १२३ शाखारहित बैंकिङ्ग सेवा र २२० एटिएम रहेकाे छ ।