नाडा अटोशोको मुखमै सुजुकीका दुई एसयूभि सार्वजनिक, मूल्य ३९ लाखदेखि ६४ लाखसम्म
नेपाली बजारमा सुजुकीका दुई ओटा एसयुभि गाडी सार्वजनिक भएका छन । नेपालका लागि चारपाँग्रे सुजुकी गाडिको आधिकारीक वितरक सिजि मोटाकर्पले साउन ८ गतेदेखि बिक्री सुरु गरेको हो ।
कम्पनीले नाडा अटोशोलाई लक्षित गर्दै भित्र्याउने भनेपछि दुई महिन अघि नै सुजुकी फ्रोनेक्स र जिम्नी एसयुभि सार्वजनिक गरेको हो । यी दुबै गाडी गत जनावरीमा आयोजना भएको नयाँ दिल्ली अटोशोमा सार्वजनिक गरिएको थियो ।
सुजुकी जिम्नी
भारतमा लोकप्रिय बनेको जिम्नीले नेपालको बाटो सुहाउदो भएका कारण पनि यो गाडी उत्कृष्ट छ । अफरोड गाडीको रुपमा कम्पनीले उत्पादन गरेको यो गाडीको लुक्स र डिजाइन बोल्ड छ । पहिलो अफरोड एसयुभीको रुपमा आएको जिम्नीको लुक्स बोल्ड छ । अग्लो ग्राउन्ड क्लियरेन्स, ठूला टाएर र बोल्ड डिजाइनले यो गाडीलाई आकर्षक बनाएको छ ।
४ स्पिड अटोमेटिक र फाइभ स्पीड म्यानुअल गियरबक्स रहने यो गाडीले प्रति लिटर १६ किलोमिटर माइलेज दिने बताइएको छ । ९ इन्चको टचस्क्रिन स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम,इएसपी, हिल होल्ड असिस्ट, ६ वटा एयर ब्याग लगाएतका बिशेषता यो गाडीमा दिइएको छ ।
त्यसैगरी एबीएस,रियर भ्यु क्यामारा, हिल डिसेन्ट कन्ट्रोल लगाएत सुरक्षामा ध्यान दिइएको छ । कम्पनीले नेपाली बजारमा दुई भेरियन्टमा आएको यो गाडी जेटा ५९ लाख र अल्फा ६४ लाख मूल्य तोकिएको छ ।
फ्रोनेक्स
नयाँ डिजाइन र आकर्षक लुक्समा फ्रोनिक्स नेपाल भित्रिएको छ । सुजुकीले यो भन्दा अघि ल्याएको ब्रेजा र बेलानो तथा स्वीफ्ट नेपालमा सर्वाधिक लोकप्रिय गाडी मध्ये पर्छन । केहि महिना अघि नेपाल आएको ग्राण्ड भिटारा पनि राम्रो लोकप्रिय भइरहेको कम्पनीले जनाएको छ ।
सुजुकीले यो गाडीलाई बेलानो कै प्लाटर्फममा उत्पादन गरेर बजारमा ल्याएको हो । कम्पनीले फ्रोनक्समा पहिलो १.२ लिटर पेट्रोल इन्जिन दिएको छ जसले ८९ एचपी र ११३ एनएम पावर जेनेरेट गर्छ
५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियर बक्समा उपलब्ध यो गाडी एलईडी हेडल्याम्प,१६ इन्च ड्युअल टोन अलोय ह्विल,एलईडी टेललाइट, कन्ट्रास्ट कलर स्किड प्लेट र टप भेरिएन्टमा ड्युअल कलरको विकल्प दिएको छ ।
त्यसैगरी, सुरक्षा फिचरमा कारमा ६ एयर ब्याग, ३६० डिग्री क्यामेरा, एचयूडी, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, वायरलेस चार्जरलगायतका उत्कृष्ट फिचर पनि यो गाडीमा दिइएको छ ।
हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।
कम्पनीले नेपालमा फ्रोनक्स एसयूभिको मुल्य ४१ लाखसम्म तोकेको छ । जसमा डेल्टा भेरियन्टको ३९ लाख र डेल्टा प्लसको ४१ लाख कायम गरेको छ ।
६००० आरपीएममा १०५.३९ बिएचपी म्याक्स पावर, १३४.२ एनएम टर्क पावर दिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ । १४ सय ६२ सीसीको यो गाडी १.५ लिटर नेचुरल्ली एस्पिरेटेड के १५ बी पेट्रोल इन्जिनमा दिइएको छ ।