टिभिएसको एओजी राइड: बैजनाथ धामदेखि खर्क रिसोर्टसम्मको यात्रा
काठमाडौं । नेपालकै सर्वाधिक बिक्री हुने दुईपांग्रे सवारी साधन बिक्रेता टिभिएसको मातहत रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । ४० राइडर सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा सम्पन्न गरेको हो ।
युवाको बाइकिङ प्रतिको प्रेमलाई एकै छानोमुनि ल्याउनका साथै राइडरहरुबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागि परेको छ । राइडसँगै सामाजिक कार्यहरुमा पनि सहयोग पु¥याउँदै आएको एओजीले यसपटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण गरेको छ ।
पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको जनाएको छ, जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेका छन् ।
बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रमको दौरान आफ्ना राय राख्दै टिभिएसका हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्राÞलिका रिजनल सेल्स अफिसर बिक्रम बोहराले उपस्थित सबैलाई भावुक बनाएका थिए ।
राइडर र बृद्धमा उत्साह भर्न एओजीका एक सहभागी सम्राट कार्कीले गीत गाएर र सुदुरपश्चिमका लोकप्रिय टिकटकर लोकेशपाल ठकुरीले नाच देखाएर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुले आगामी दिनमा बृद्धाश्रमलाई आ–आफ्नो क्षमता अनुसारको सहयोग गर्ने संकल्प गरेका थिए । खर्क रिसोर्ट पुगेर अन्य मनोरन्जनात्मक खेल र कार्यक्रमहरु गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो ।
जगदम्बा मोटर्स प्रालि, नेपालमा टिभिएसका दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चात उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको दुईपाङ्ग्रे ब्राण्डका रुपमा स्थापित छ ।