चालू वर्षको मौद्रिक नीति आज ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको ड्राफ राष्ट्र बैंक बोर्ड बैठकले पास गरेपछि आज दिउँसो सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकको उच्च व्यवस्थापनले भने चालु आवको मौद्रिक नीतिको ड्राफ्ट पास गरिसकेको छ । मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकले आज बिहान ८ बजे राष्ट्र बैंकको बोर्ड बैठक बोलाएको छ ।