रोयल्टी नतिर्ने रेडियो, टिभीले गीत बजाउन पाउँदैनन्: संगीतकार संघ

काठमाडौं । रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकपछि निर्णयबारे जानकारी दिंदै संस्थाका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले भने, ‘बैठकले रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारवाही गरिनेछ ।’