६ खर्ब २५ अर्बको नोट चलनचल्तीमा

बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा अर्थतन्त्रमा नगद प्रवाह समेत बढेको छ। असारसम्ममा कुल ६ खर्ब २५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको देखिएको छ।
काठमाडौं । जेठसम्ममा ६ खर्ब ८ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो। असारमा यस्तो रकम १७ अर्ब रुपैयाँले बढेको छ।
अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो। असोजमा यस्तो रकम बढेर ७ खर्ब माथि पुगेको थियो भने पुसमा ६ खर्ब रुपैयाँमा झरेका थियो। सो पश्चात चलन चल्तीमा रहेको पैसा पुनः बढ्न थालेकाे थियो। गत आर्थिक वर्षकाे तुलनामा गत आर्थिक वर्षमा यस्तो चलनचल्तीमा रहेको नोट बढेको छ।
चलन चल्तीमा रहेको नगद मौज्दात बढ्नुले आर्थिक कृयाकलाप बढ्न थालेको संकेत गर्छ।
केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् । राष्ट्र बैंकले चलन चल्तीमा देखाएको रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद हो ।