‘लक्ष्मी भ्यालु फन्ड–२’ को इकाईमा आजबाट आवेदन खुला

काठमाडौं । लक्ष्मी क्यापिटलले आज साउन ५ गते शुक्रबारदेखि म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको छ । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको छ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयसम्ममा सबै इकाई बिक्री नभएमा भने साउन १९ गतेसम्म इकाई बिक्री खुला रहनेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।