सुन तस्करी गर्ने रेडी ट्रेडर्सले ल्याएका अन्य ६ वटा कार्टुन पनि बरामद, सुन भएकाे अनुमान

काठमाडौं । सुन तस्करी गर्ने कम्पनी रेडी ट्रेडर्सले ल्याएका अन्य ६ वटा कार्टुन पनि बरामद भएकाे छ। विमानस्थलस्थित भन्सारकाे गोदाममा ती कार्टुन फेला परेको छ।
राजस्व अनुसन्धान विभागले दिनभर विमानस्थलमा सुनको खोजी गरेकाे थियाे । साेहि क्रममा विभागले बिहीबार बेलुकी ती कार्टुन भेटाएकाे हो ।
रेडी ट्रेडर्सले आयात गरेकाे ती कार्टुनभित्र पनि सुन हुन सक्ने विभागले अनुमान गरेको छ । सो वस्तुलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएकाे छ ।