सुन प्रकरणमा मेरो संलग्नता पुष्टि भए जुनसुकै सजाय भोग्न तयार छुः दिपक मल्होत्रा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको एक क्वीन्टल सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बिहीबार सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि पत्रकार सम्मेलन गर्दै आरोप निराधार रहेको बताएका हुन् ।
‘मैले गलत गरेको छ भने नेपालको कानुन बमोजिम जस्तोसुकै सजाय भोग्न तयार छु,’ दिपक मल्होत्राले भने, ‘यदि मैले गतल गरेको छैन भने म डराउनुपर्ने कारण छैन’ । जुन सुन नेपाल आएको छ त्यसमा संलग्नता देखाएर केस डाइभर्ट गर्न खोजिएको हुनसक्ने उनले बताए ।
राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर त्रिभुवन विमानस्थलबाट निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।
विभागका अनुसार हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको थियो ।