नेपाली महिला फुटबल टिमलाई युनिलिभरको प्रायोजन
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । युनिलिभरले अखिल नेपाल फुटबल संघ एन्फासँग मंगलबार प्रायोजनसम्बन्धी सम्झौता गरेको छ ।
यस सहकार्यले महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको कम्पनीको भनाइ छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्याउन खोजेको कम्पनीले जनाएको छ ।
यस प्रायोजन मार्फत सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्ने र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पुर्याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्रस्थानमा पुर्याउने लक्ष्य कम्पनीले लिएको बताएको छ ।
एन्फासँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणका लागि प्रतिबद्ध हुनु सकारात्मक पक्ष भएको कम्पनीको भनाइ छ ।
खेलकुदमा महिलाको भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्न यस सहकार्यको मुख्य लक्ष्य रहेको युनिलिभरले जनाएको छ ।