सांग्रिला बैंकले गर्याे ट्राफिक प्रहरी वृतलाई सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक(SADBL)ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत साउन ३ गते मालीगाँउ, काठमाडौंस्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ।
त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएकाे थियाे।
सो कार्यक्रमका विच उक्त ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेकाे थियाे । यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत, मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले आफ्नो विचार राखेका थिए ।
सांग्रिला डेभलपमेन्ट बैंककाे देशभरमा आफ्ना ११२ शाखा कार्यालय रहेकाे छ ।