त्रिभुवन विमानस्थलमा एक अर्ब ५३ लाख भन्दा बढीको सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजश्व अनुसन्धान विभागले ठूलो परिमाणमा सुन बरामद गरेको छ ।चीनबाट लुकाएर ल्याएको करिब एक सय किलाे सुन विमानस्थल परिसरबाट बरामद गरिएको विभाग स्राेतले बताएकाे छ ।
सुनकाे मूल्य करिब १ अर्ब ५३ लाख भन्दा माथि छ । विभागकाे टाेलीले दीलिप भुजेललाई नियन्त्रणमा लिएको छ ।