कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क नलिने मन्त्रिपरिषदकाे निर्णय
काठमाडौँ । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क नलिने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षको बजेटमा पनि कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृत गरेको छ ।
बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।