प्रभु क्यापिटलकाे लाेयल्टी पाेइन्ट्स साथै रिफरल स्किम संचालनमा

काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेड(PBCL)ले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लाेयल्टी पाेइन्ट्स अफर साथै रिफरल स्किम सार्वजनिक गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएको प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ ।
लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले २०८० साल साउन १ गतेदेखि सार्वजनिक गरेको हो ।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र शेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार लाेयल्टी पाेइन्ट्सको श्रेणी निम्न अनुसार हुनेछ ः
Bronze | Silver | Gold | Platinum | Diamond |
0-1500 | 1501-2000 | 2001-3000 | 3001-4000 | 4001-above |
प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लाेयल्टी पाेइन्ट्स अफर तथा रिफरल स्किमको बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने क्यापिटलले जनाएको छ ।