जथाभावी पोस्टर टाँसेपछि फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।