बर्जर रंगोत्सवको विजेता घोषणा

काठमाडौं । बर्जर पेन्ट्सले सञ्चालन गरेको ‘बर्जर रंगोत्सव’को विजेता घोषणा गरिएको छ । जसअन्तर्गत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन् ।
कम्पनीले दशैं–तिहार चाडपर्वको अवसरमा १ भदौ २०७९ देखि १० मंसिर २०७९ सम्म र फिफा विश्वकप–२०२२ को अवसरमा बर्जर रंगोत्सव उपभोक्ता अफर घोषणा गरेको थियो ।
लक्की ड्र मार्फत गरिएको विजेता घोषणामा इटहरीका रुपेश ढुंगानाले सोनीको ७५ इन्चको एलईडी टीभी जितेका छन् । यस्तै बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले सामसुङको ३४५ लिटरको रिफ्रीजेरेटर जितेका छन् ।
अन्य विजेताहरुले सामसुङको ७.२ केजीको १० वटा वासिङ मेसिन, २० वटा सामसुङको ए०३७ मोबाइल फोन र ७५ वटा एक्यूफिट स्मार्ट वाच प्राप्त गरेका छन् ।
चाडपर्वको रमाइलो अवसरमा खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५ हजार ५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको कम्पनीको भनाइ छ ।