कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त

काठमाडौं । कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले आजैदेखि लागू हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
शर्माले यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल व्यक्ति हुन् ।
उनी कुमारी क्यापिटलमा आबद्घ हुनुपुर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रही कार्यरत थिए ।कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी ४० करोड रहेको छ ।