चालु आवको पहिलो दिन उच्च अंकले बढ्यो नेप्से, दुई अर्ब ५६ करोड रुपैयाँको कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो तथा साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सोमबार नेप्से सूचकांक ४७.०७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ ।
सोमबार नेप्सेमा सूचीकृत २५७ कम्पनीहरुको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५६ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से उच्च अंकले बढेतापनि सेयर कारोबार रकम भने चित्त बुझ्दो नभएको लगानीकर्ताको भनाई छ ।
नेप्से बढेसँगै आज दुई उपसूचक उचालिएको छ । आज भेडलपमेन्ट बैंक ४।१४ र फाइनान्स उपसूचक ३।६१ प्रतिशतले उचालिएको हो । त्यसको विपरित म्युचुअल फण्ड उपसूचक ०।४९ प्रतिशतले घटेको छ भने अन्य सबै उपसूचक बढेको छ ।