लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल

काठमाडौं । लक्ष्मी सनराईज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । कम्पनीको यही असार २९ गते बसेको २७८ औं सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
लक्ष्मी सनराईज बैंक लक्ष्मी बैंक र सनराईज बैंक गाभिएर बनेको बैंक हो । यी दुई बैंकले गत साताको शुक्रबारदेखि आफ्नो एकीकृत कारोबार सुरु गरेका थिए ।
यस्तै, विद्या बस्न्यात स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी छिन् । यी दुई बैंक १ः१ को अनुपातमा मर्जर भएका हुन् । बैंकहरुले मर्जरमा जानका लागि जेठ ८ गते सहमती गरेका थिए ।