सानिमा बैंकले प्राप्त गर्यो सुरक्षामा आईएसओ प्रमाणपत्र
काठमाडौँ । सानिमा बैंकले सूचनाको लागि प्रतिष्ठित आईएसओ २७००१:२०१३ (ISO 27001:2013) प्रमाणपत्र प्राप्त गरेको छ । यो बैंकले आफ्ना आन्तरिक र बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आइटी सेवाहरू प्रदान गरेको कारण यस्तो प्रमाणपत्र पाएको हो ।
बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैँ प्राथमिकतामा राखेको जनाएको छ । यो प्रमाणीकरणले सूचना सुरक्षा सुनिश्चित गर्नको लागि बैंकले गरेका प्रयासहरूमा सहित रहेको समेत प्रमाणित भएको बैंकले जनाएको छ ।
यो प्रमाणपत्र प्राप्त गरेपछि सानिमा बैंकले आफ्नो विश्वासलाई थप सुदृढ बनाएको जनाएको छ । ग्राहकहरूले आफ्नो डाटा सुरक्षित रहेको थाहा पाउने एक प्रमाणको रुपमा यो प्रमाणपत्र रहने बैंकले विश्वास लिएको छ ।
आईएसओ २७००१:२०१३ प्रमाणीकरण प्रक्रियाले बैंकको सुरक्षा व्यवस्थापन प्रणाली, सूचना प्रणालीमा कति कडा छ भन्ने मूल्याङ्कन गरेको रुपमा लिइएको छ । यो बैंक यसको सूचना सुरक्षा मापदण्डहरू कायम राख्न र सुधार गर्न समर्पित रहने पनि बैंकले जनाएको छ ।
सानिमा बैंकले असाधारण वित्तीय सेवाहरू प्रदान गर्दै र निरन्तर नवीनतालाई बढवा दिँदै आफ्ना ग्राहकहरूको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने आफ्नो प्रतिबद्धता जनाएको छ । सानिमा बैंकले ७ वटै प्रदेशका सबै जिल्लामा गरेर १३२ कार्यालय र १२२ एटिएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।