नागरिक लगानी कोषको एजीएम आज
![Nagarik lagani kosh Nagarik lagani kosh](https://www.arthikpati.com/wp-content/uploads/2023/07/Nagarik-lagani-kosh-1024x780-1024x585.jpg)
काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ । सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ । असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।