नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार शुरु, चुक्ता पुजी १ अर्ब ८ करोड रुपैयाँ
काठमाडौं । धादिङमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र बनेपामा केन्द्रीय कार्यालय रहेको समिट लघुवित्त वित्तीय संस्था वीच मर्ज भई नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष रविन सिजापतिको अध्यक्षतामा प्रमुख अथिति नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले समुद्घाटन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन ।
समारोहमा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ ,विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु र अन्य महानुभाबहरुको उपस्थितिमा भएको समारोहमा एकीकृत कारोबार पछि बनेको नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले मर्जको गर्नुका कारण बारे स्पष्ट पारेका थिए ।
एकीकृत कारोबार पश्चात नेशनल लघुवित्त वित्तीय संस्था लि.को नामबाट कारोबार हुने र संस्थाको चुक्ता पुजी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी हुने, पूजीकोष २ अर्ब ३२ करोड रुपैयाँ, कर्मचारी संख्या ४० शाखा संख्या २०० वटा, सेवा पुगेको जिल्ला संख्या ७४, संस्थामा आबद्ध सदस्य संख्या २ लाख १ हजार भन्दा बढी, लगानीमा रहिरहेको कर्जा रकम १७ अर्ब रुपैयाँ र बचत ५ अर्ब रुपैयाँभन्दा बढि रहने छ ।