चिसो मान्छे हेर्न छुटाउनु भएको छ ? अब डिशहोममा यसरी हेर्न सकिन्छ
काठमाडौं । समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा ‘एक्सक्लुसिभ’ प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सकिने छ ।
“चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससंगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पाउन सकिनेछ ।
तीन महिना अथवा एक हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बराबरको चार ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।