आर्थिक विधेयक २०८० पारित
काठमाडौं । आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझाव सहित आएको आर्थिक विधेयक २०८० लाई प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले प्रस्ताव पारित गरेको हो ।
आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । राष्ट्रियसभाको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पपनि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ ।