मल्टीपर्पस फाइनान्सले पायो ३५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत फागुन २९ गते बोर्डमा अनुमति दर्ता गराएको कम्पनीले असार २६ गते बोर्डको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजी रू. ४५ करोड २० लाखको आधारमा १ बराबर शून्य दशमलव ३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २ लाख कायम हुनेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।