२५औं एसियन यथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्टको प्रायोजन

काठमाडौँ । २५ औं एसियनय थलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गर्ने भएकाे छ । यहिँ असार २७ गतेदेखि साउन १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेड राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजनको रुपमा सहभागी भइसकेको छ ।
एसियन यथलेटिक्स च्याम्पियनसिपमा को २५ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागी जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागी जनाउने भएका छन्। उत्त यथलेटिक्समा सहभागी खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरिसकेका छन् ।
एसियन यथलेटिक्स एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिक्समा च्याम्पियनसिप अघिल्लो पटक चीनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन् ।
सहभागी खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन यथलेटिक्समा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागी हुनेछन, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हुन । ए.पि.एफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागी हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनशीप हुन् ।
काठमाडौंमा भएको एक कार्यक्रमकाबीच नेपाल एथलेटिक्स एसोसियशनका तार्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । “शिवम् सिमेन्ट आफैमा हाई स्ट्रेन्थ कायम राख्ने ओ.पि.सि. सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसंग समन्वय गर्न पाउँदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको छ” शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि अग्रवालले बताए ।
यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र विक्रि मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।