जोशी हाईडोपावरको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त
काठमाडौँ । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ कराेड १४ लाख रूपैयाँको प्रति शेयर अंकित १०० रूपैयाँको दरले १ कित्ता शेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।