गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर
काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यसैगरी, राम प्रसाद श्रेष्ठ र अनिल रेग्मीलाई सञ्चालकको रुपमा नियुक्त गरिएकाे छ ।
कम्पनीको मुख्य कम्पनीका सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा पनि स्वीकृत भएको छ।
सञ्चालक समितिमा उपरोक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समिति देहाय बमोजिम रहेको छ :
क्र.सं. | नाम | पद |
१. | दिपक पाण्डेय | अध्यक्ष |
२. | माधव प्रसाद उपाध्याय | सञ्चालक |
३. | अनिल श्रेष्ठ | सञ्चालक |
४. | राम प्रसाद श्रेष्ठ | सञ्चालक |
५. | अनिल रेग्मी | सञ्चालक |
६. ७. | महेश प्रसाद काफ्ले नगीमा श्रेष्ठ | स्वतन्त्र सञ्चालक स्वतन्त्र सञ्चालक |