शेयर निष्काशनका सिंगटी हाइड्रो इनर्जीले गर्यो कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अधिकृत पुँजी रु. २ अर्ब ९० करोड रुपैयाँ, जारी पुँजी रु. २ अर्ब ९० करोड रुपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब ९० करोड रुपैयाँ हुनेछ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला कामनपा वडा नं. ५, काठमाडौँमा रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रचलित कानुन बमोजिम २०६७ साल जेष्ठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७५ साल आषाढ ०६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । यस कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविद्युत आयोजना २५ मे.वा. क्षमताको आयोजना २०७८ श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।
कम्पनीबाट प्राप्त जानकारी अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारीबाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्वारा प्रवर्द्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्रा.ली द्वारा प्रवर्द्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।