राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिडिओ कार्यालय कपिलवस्तुमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन (सिडिओ) कार्यालय कपिलवस्तुमा विस्तार भएको छ । बुधबार एक समारोहकाबीच कपिलवस्तुको तौलिहवामा बैंकको ६५ औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको बैंकले जनाएको छ ।
सो काउन्टरको उदुघाटन कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा गरे ।
शाखा कार्यालय तौलिहवा मार्फत रहने सो काउन्टरमा सिइओ कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने बैंकले जनाएको छ । उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।