लाइसेन्सको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने, गण्डकी प्रदेशबाट सुरु भयो सेवा
काठमाडौं । अब सवारी अनुमति पत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।
सवारीचालक अनुमति पत्रको नयाँ प्रणाली कार्यान्वयनमा आएको एक बर्षपछि यो सेवा सुरु भएको हो ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यक्रम गर्दै सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सुरु गरेको हो ।
यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर आइसेन्सको अनलाइन भुक्तानी सुरु गरेका छन् ।
मन्त्रालयका अनुसार यो सेवा पहिलो चरण गण्डकी प्रदेशबाट सुरु भएको छ । एक महिना भित्र बागमतीलगायत सबै प्रदेशमा सुरु हुने जनाएको छ ।
यो सेवा सुरु भएसँगै अब सवारीचालक अनुमति पत्रका लागि राजस्व भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।